आईसीसी विश्वकप लिग–२ः यूएईमाथि नेपालको रोमान्चक जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आईसीसी विश्वकप लिग–२ः यूएईमाथि नेपालको रोमान्चक जित

काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत जारी त्रिकोणत्मक सिरिजमा नेपालले यूएईमाथि रोमान्चक जित निकालेको छ ।

दुवईमा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपालले दुवईमाथि ४२ रनको जित निकालेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएईले ४५औं ओभरमा अलआउट हुँदै १८७ रन मात्र जोड्न सक्यो ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान ३/३ विकेट लिए । साथै, सन्दीप लामिछाने, अरिफ सेख र करण केसीले एक/एक विकेट लिए ।

खराब सुरुवात गरेको नेपालको ब्याटिङलाई भीम सार्कीले सम्हालेका थिए । उनले ९९ बलमा ७० रन बनाउन सफल भए ।साथै, कुशल मल्लले ३२ रन बनाउँदा सन्दीप लामिछानेले २७ रन बनाए ।

यस्तै करण केसी १७ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);