सन्दीप नायक बन्दा कतारमाथि नेपालको शानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सन्दीप नायक बन्दा कतारमाथि नेपालको शानदार जित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारमाथि शानदार जित निकालेको छ ।

कृतिपुर स्थित टियू मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले हराएको हो । कतारले २५.१ ओभरमा अलआउट हुँदै मात्र ८९ रन बनाउन सक्यो । कतारका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ तथा अमिर फरिकले १४ रन बनाए ।

नेपालको जितमा सन्दीप लामिछाने नायक बनेका छन् । सन्दीपले ९.१ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चिएर ५ विकेट लिन सफल भए । सन्दीप आजको खेलमा ब्याटिङ तर्फपनि शानदार प्रदर्शन गरे । उनले अविजित रहँदै ४२ रनको योगदान दिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कतारलाई मात्र १५८ रनको चुनौती दिएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २७ रन बनाए । ओपनर आसिफ शेखले १९ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए । खराब ब्याटिङ गरेको नेपालले बलिङमा भने सुखद सुरुवात गरेको थियो ।

टस हारेर ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);