सन्दीपले लिए ४ विकेट, कतार संकटमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

सन्दीपले लिए ४ विकेट, कतार संकटमा

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा कतारविरुद्धको खेलमा नेपालले ९ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले ९औं विकेट लिएका हुन् ।

कृतिपुर स्थित टियू मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले कतारलाई मात्र १५८ रनको चुनौती दिएको छ । खराब ब्याटिङ गरेको नेपालले बलिङमा भने सुखद सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो ।

नेपालका स्पिनर सन्दीप लामिछानेले अविजित रहँदै सर्वाधिक ४२ रनको योगदान दिए ।

नेपालका लागि हालसम्म सन्दीप लामिछानेले ४ विकेट लिएका छन् । सोमपाल कामीले ३ विकेट लिएका छन् भने ललित राजवंशीले २ विकेट लिएका छन् । हालसम्म कतारले २४.१ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);