एसिसी प्रिमियर कपः कतारको ८ विकेट पतन, सन्दीपले लिए ३ विकेट | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

एसिसी प्रिमियर कपः कतारको ८ विकेट पतन, सन्दीपले लिए ३ विकेट

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा कतारविरुद्धको खेलमा नेपालले ८ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले आठौं विकेट लिएका हुन् ।

कृतिपुर स्थित टियू मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले कतारलाई मात्र १५८ रनको चुनौती दिएको छ । खराब ब्याटिङ गरेको नेपालले बलिङमा भने सुखद सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो ।

नेपालका स्पिनर सन्दीप लामिछानेले अविजित रहँदै सर्वाधिक ४२ रनको योगदान दिए ।

नेपालका लागि हालसम्म सोमपाल कामी र सन्दीप लामिछानेले ३÷३ विकेट लिएका छन् भने ललित राजवंशीले २ विकेट लिएका छन् । हालसम्म कतारले २१.१ ओभरमा ८ विकेट गुमाएर ७८ रन बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);