एसिसी प्रिमियर कपः १५औं ओभरमै कतारले गुमायो ६ विकेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

एसिसी प्रिमियर कपः १५औं ओभरमै कतारले गुमायो ६ विकेट

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा कतारविरुद्धको खेलमा नेपालले ६ विकेट हात पारेको छ ।

कृतिपुर स्थित टियू मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले कतारलाई मात्र १५८ रनको चुनौती दिएको छ । खराब ब्याटिङ गरेको नेपालले बलिङमा भने सुखद सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो ।

नेपालका स्पिनर सन्दीप लामिछानेले अविजित रहँदै सर्वाधिक ४२ रनको योगदान दिए ।

नेपालका लागि हालसम्म सोमपाल कामीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछानेले २ तथा ललित राजवंशीले १ विकेट लिएका छन् । हालसम्म कतारले १५ ओभरमा ६ विकेट गुमाएर ४७ रन बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);