आयरल्याण्डलाई अर्को झट्का, किशोरले लिए दोस्रो विकेट | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आयरल्याण्डलाई अर्को झट्का, किशोरले लिए दोस्रो विकेट

काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा नेपालले आयरल्यान्डविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

नेपालका लागि दोस्रो विकेट किशोर महतोले लिए । करण केसीले पहिलो विकेट लिएका थिए ।

नेपालले टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० आभेरमा ९ विकेट गुमाएर आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ । जारी खेलमा आयरल्यान्डले ६ ओभरमा २ विकेट गुमाएर २३ रन बनाएको छ ।

नेपालका लागि सन्दीप लामिछाने र गुल्शन झाँले उत्कृष्ट साझेदारी गरे । लामिछाने र गुल्शनले ७८ रनको साझेदारी गरेका हुन् । लामिछानेले ३० बलमा ३२ रन तथा झाले ४२ बलमा ५७ रन बनाएका हुन् ।

नेपालका लागि अर्जुन साउदले ८४ बलमा ४८ रन जोडे भने कुशल मल्लले ४४ रनको योगदान दिए ।

नेपालले आयरल्यान्डसँग आज पहिलो ओडिआई खेल खेल्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);