आयरल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता, करणले लिए विकेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आयरल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा नेपालले आयरल्यान्डविरुद्ध पहिलो सफलता हात पारेको छ । नेपालका लागि करण केसीले पहिलो विकेट लिन सफल भएका हुन् ।

नेपालले टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० आभेरमा ९ विकेट गुमाएर आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ । जारी खेलमा आयरल्यान्डले ४.४ओभरमा १ विकेट गुमाएर २१ रन बनाएको छ ।

नेपालका लागि सन्दीप लामिछाने र गुल्शन झाँले उत्कृष्ट साझेदारी गरे । लामिछाने र गुल्शनले ७८ रनको साझेदारी गरेका हुन् । लामिछानेले ३० बलमा ३२ रन तथा झाले ४२ बलमा ५७ रन बनाएका हुन् ।

नेपालका लागि अर्जुन साउदले ८४ बलमा ४८ रन जोडे भने कुशल मल्लले ४४ रनको योगदान दिए ।

नेपालले आयरल्यान्डसँग आज पहिलो ओडिआई खेल खेल्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);