कुवेतविरुद्ध पहिलो ओभरमै नेपाललाई सफलता, करणले लिए विकेट | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८१, आइतबार

कुवेतविरुद्ध पहिलो ओभरमै नेपाललाई सफलता, करणले लिए विकेट

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनलमा नेपालले कुवेतविरुद्धको खेलमा पहिलो ओभरमै सफलता पाएको छ । नेपालले दिएको २८२ रनको चुनौती पछ्याउने क्रममा कुवेतले पहिलो ओभरमै एक विकेट गुमाएको हो । नेपालका लागि करण केसीले विकेट लिएका हुन् ।

टियु मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरेको थियो । वर्षाका कारण करिब २ घण्टा रोकिएको खेल पुनः सुरु भएको थियो ।

वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारिर ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको हो । कप्तान रोहित कुमार पौडेलले ९४ बलमा ९५ रनको योगदान दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);