काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः रोकिएको छ । पानी परेपछि पहिलो इनिङ्स २ घण्टा रोकिएको खेल वर्षाका कारण पुनः रोकिएको हो । त्रिवि क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा ८.३ ओभर खेल भइरहँदा खेल रोकिएको हो ।
नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ । यदि खेल डीएल मेथडमा गए कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनु पर्नेछ ।
नेपालका लागि तीव्र गतिका बलर करण केसी एक्लैले पाँच विकेट लिन सफल भए । करणले ४.३ ओभर बलिङ गर्दै १० रन खर्चिएर ५ विकेट लिएका हुन् । साथै, सोमपाल कामीले एक विकेट लिए ।




