एसीसी प्रिमियर कपको उपाधिका लागि सोमबार नेपाल र यूएई भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एसीसी प्रिमियर कपको उपाधिका लागि सोमबार नेपाल र यूएई भिड्ने

काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार भएका दुई सेमिफाइनलमा नेपालले समूहको शीर्ष टिमका अधारमा र यूएईले डिएलएस मेथडका आधारमा फाइल यात्रा तय गरेका हुन् । कीर्तिपुरस्थित टियु मैदानमा शनिबार भएको सेमिफाइल खेल वर्षाका कारण बीचमै रद्द भएपछि नेपाल समूह चरणमा शीर्षमा रहेको आधारमा फाइनल प्रवेश गरेको हो । डिएलएस मेथड लागू हुन २० ओभरको खेल हुनु पर्ने तथा भारी वर्षाका कारण सुपर ओभर पनि गर्न सम्भव नभएपछि नेपाल सिधै फाइनल प्रवेश गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ४२ ओभरमा २ सय ८१ रन बनाएको थियो । नेपालका लागि कप्तान रोकित कुमार पौडेलले शानदार प्रदर्शन गरे । रोहितले ९५ बलमा ९४ रनको योगदान दिए । कुशल मल्लले ४४ बलमा ५७ रन जोडे । ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने आसिफ शेखले ३१ रन बनाउन सफल भए । कुवेतका लागि महोमद अस्लाम र अड्नान अड्रेसले समान ३÷३ विकेट लिए ।

नेपालले ब्याटिङ गरिरहँदा वर्षाका कारण करिब २ घण्टा रोकिएपछि ५० ओभरको खेललाई ४२ ओभरमा छोट्याइएको थियो । कुवेतलाई नेपालले २८२ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा कुवेत ८.३ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकियो थियो । ८.३ ओभरसम्म खेल्दा कुवेतले ६ विकेट गुमाएर ३७ रन मात्र बनाउन सक्यो । कुवेतका ब्याट्म्यान माथि नेपाली तिब्र गतिका बलर करण केसी हावी भए ।

करणले ४.३ ओभरमा मात्र १० रन खर्चिएर ५ विकेट लिन सफल भए । शनिबारै भएको अर्को सेमिफाइनलमा यूएईले ओमानलाई २ रनले हराएको छ । मुलपानी मैदानमा भएको ओमान र यूएईबीचको खेल पनि वर्षाले प्रभावित पार्यो । वर्षाका कारण यूएई डिएलएस मेथडका आधारमा २ रनले विजयी हुँदै फाइनलमा पुग्न सफल भयो । एसिसी प्रिमियर कपको उपाधिका लागि सोमबार त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);