कुवेतविरुद्ध रोहित र कुशलको अर्धसतक पुरा, चौका र छक्काको वर्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कुवेतविरुद्ध रोहित र कुशलको अर्धसतक पुरा, चौका र छक्काको वर्षा

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण छोट्याइएको छ ।

टियु मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ । वर्षाका कारण रोकिएको खेललाई ४२ ओभरमा छोट्याईएको छ ।

हालसम्म नेपालले २८.३ ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको छ । । अहिले कप्तान रोहित कुमार पौडेल र कुशल मल्लले नेपालको ब्याटिङलाई सम्हाली रहेका छन् ।

टियु मैदानमा हजारौं दर्शकको साथले नेपाली खेलाडीहरुमा उत्साह थपेको नेपालको ब्याटिङमै देखिएको छ । कप्तान रोहित कुमार पौडेलले ५६ बलमा ५० रन पुरा गरेका छन् । साथै, उनलाई साथ दिइरहेका कुशल मल्लले पनि ४२ बलमा ५० रन पुरा गरेका छन् ।

नेपालका ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने अर्का आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);