एसीसी प्रिमियर कपः पुरा खेल नखेलेरै नेपाल यसरी पुग्यो फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एसीसी प्रिमियर कपः पुरा खेल नखेलेरै नेपाल यसरी पुग्यो फाइनलमा

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित टियु मैदानमा शनिबार भएको सेमिफाइल खेल वर्षाका कारण बीचमै रद्द भएपछि नेपाल समूह चरणमा शीर्षमा रहेको आधारमा फाइनल प्रवेश गरेको हो ।

डिएलएस मेथड लागू हुने २० ओभरको खेल हुनु पर्ने तथा भारी वर्षाका कारण सुपर ओभर पनि गर्न सम्भव नभएपछि नेपाल सिधै फाइनल प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ४२ ओभरमा २ सय ८१ रन बनाएको थियो । नेपालका लागि कप्तान रोकित कुमार पौडेलले शानदार प्रदर्शन गरे । रोहितले ९५ बलमा अविजित रहँदै ९४ रनको योगदान दिए । कुशल मल्लले ४४ बलमा ५७ रन जोडे । साथै, नेपालका ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने आसिफ शेखले ३१ बनाउन सफल भए ।

आरिफ सेखले १९ बलमा १९ रन जोड्दा सोमपाल कामीले अविजित रहँदै १३ रन बनाए । कुवेतका लागि महोमद अस्लाम र अड्नान अड्रेसले समान ३/३ विकेट लिए । यसैगरि असिन पटेल र सायद मोनिबले एक÷एक विकेट लिए । नेपाल चलिरहँदा वर्षाका कारण करिब २ घण्टा रोकिएपछि ५० ओभरको खेललाई ४२ ओभरमा छोट्याइएको थियो । कुवेतलाई नेपालले २८२ रनको लक्ष्य दिएको थियो तर, डीएलएस मेथडअनुसार कुवेतले २८१ रनको नयाँ लक्ष्य पाएको थियो ।

लक्ष्य पछ्याउने क्रममा कुवेत ८.३ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकियो थियो । ८.३ ओभरसम्म खेल्दा कुवेतले ६ विकेट गुमाएर ३७ रन मात्र बनाउन सक्यो । कुवेतका ब्याट्म्यान माथि नेपाली तिब्र गतिका बलर करण केसी हावी भए । करणले ४.३ ओभरमा मात्र १० रन खर्चिएर ५ विकेट लिन सफल भए । सोमपाल कामीले एक विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);