ए डिभिजन लिगः उपत्यकामा भारी वर्षासँगै शनिवारका खेल स्थागित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

ए डिभिजन लिगः उपत्यकामा भारी वर्षासँगै शनिवारका खेल स्थागित

काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षासँगै शनिवारलाई तय भएका शहीद स्मारक ए डिभिजन लिगका खेल प्रभावित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो । आर्मी र हिमालयन शेर्पाबीचको खेल दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक/एक गोल गरेका थिए । खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाबिरुद्ध अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको ५५औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । ७२ औं मिनेटपछि भारी भएपछि खेल अर्को समयका लागि तय गरिएको छ । अब दुईटोली बीच भिडन्त आईतवार हुनेछ । आईतवार ७२ मिनेटपछि खेल दशरथ रंगशालामा दिउसो ४ः३० बजेबाट सुचारु हुनेछ ।

लिग अन्तर्गत शनिवारकौ अर्को खेल संकटा र जावलाखेल युथ क्लवको खेल पनि वर्षाका कारण स्थगित भएको छ । पहिलो हाफको नतिजाबाट जावलाखेल १–० ले अगाडि रहेको थियो । ५० मिनेटको खेलपछि रोकिएको जावलाखेल र संकटाको खेल आईतवार दिउसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ ।

यस्तै दरशथ रंगशालामा अवेरलाई तय भएको चर्च ब्वाईज र मनाङ मस्र्याङ्दीबीचको खेल पनि स्थगित भयो । खेल आईतवार नै एन्फा कम्प्लेक्समा ३ः३० बजेबाट शुरु हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);