काठमाडौं । आइसीसी विश्वकप छनोटको दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध पहिलो विकेट गुमाएको छ । अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेटका रुपमा आसिफ सेखलाई गुमाएको हो । आसिफले १६ बलमा १२ रनमा आउट भएका हुन् ।
जारी खेलमा छैठौं ओभरको खेल चलिरहँदा नेपालले एक विकेट गुमाएर २६ रन बनाएको छ ।
नेपालका लागि करण केसीले ४ विकेट लिए । साथै, गुल्शल झाँले ३ तथा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने ललित राजवशींले १ विकेट लिए ।




