एसिसी प्रिमियर कपः कतारलाई अर्को झट्का, ललितले लिए विकेट | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

एसिसी प्रिमियर कपः कतारलाई अर्को झट्का, ललितले लिए विकेट

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा कतारविरुद्धको खेलमा नेपालले ७ विकेट हात पारेको छ । नेपालका लागि ललित राजवंशीले सातौं विकेट लिएका हुन् ।

कृतिपुर स्थित टियू मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले कतारलाई मात्र १५८ रनको चुनौती दिएको छ । खराब ब्याटिङ गरेको नेपालले बलिङमा भने सुखद सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो ।

नेपालका स्पिनर सन्दीप लामिछानेले अविजित रहँदै सर्वाधिक ४२ रनको योगदान दिए ।

नेपालका लागि हालसम्म सोमपाल कामीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछानेले र ललित राजवंशीले २÷२ विकेट लिएका छन् । हालसम्म कतारले २०.२ ओभरमा ७ विकेट गुमाएर ६९ रन बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);