अभ्यास खेलमा नेपालको पहिलो जित, कुशलद्वारा सतक प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अभ्यास खेलमा नेपालको पहिलो जित, कुशलद्वारा सतक प्रहार

काठमाडौं । नेपालले आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा ओमानमाथि जित निकालेको छ ।

जिम्बावेको हरारेमा बिहीबार भएको खेलमा ओमान नेपालसँग २ विकेटले पराजित भएको हो ।

ओमानले दिएको २ सय ६८ रनको लक्ष्य नेपालले ४४ दशमलब ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका कुशल भुर्तेल ९४ बलमा सर्वाधिक १ सय १ रनको शानदार ईनिङ खेले । भीम सार्की ७४ बलमा ५६ रनको योगदान दिए । साथै, आसिफ शेख २३ रन जोडे ।

कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए ।

ओमानका लागि अकिब ईलियासले ४ तथा फैयाज बटले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलब २ ओभरमा अलआउट हुदै २ सय ६७ रन बनायो ।

ओमानका लागि कप्तान जिशान मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय ईनिङ खेले ।

नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, प्रतिश जि।सीले समान १÷१ विकेट आफ्नो नाम गरे ।

विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);