यू-१९ विश्वकप छनोट : नेपालद्वारा ओमान १५० रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

यू-१९ विश्वकप छनोट : नेपालद्वारा ओमान १५० रनले पराजित

u-19 cricket

काठमाडौं, ३ बैशाख । यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको जारी खेलमा नेपालले ओमानलाई  १५० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।  मलेसियाको सिलानगोर ट्रफ क्लवको मैदानमा जारी खेलमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतक मद्दतमा ४३ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । नेपालका लागि पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै प्रतिष जिसीले ४१ तथा भिम सार्कीले ३९ रन बनाए । अविशेक बस्नेतले १५ रन जोड्दा रित गौतम १० रनमा आउट भए । ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २-२ विकेट लिए ।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा ओमान ४४ ओभर १ बलमा अलआउट हुँदै ७९ रनमा समेटियो । ओमानका लागि अमनप्रित सिंह र जिल तन्नाले सर्वाधिक १३/१३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् ।

नेपालका पवन सर्राफले ३ तथा सुर्य तामाङ र प्रतिष जिसीले समान २/२ विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);