यू-१९ विश्वकप छनोट : नेपालले युएईलाई दियो २४८ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यू-१९ विश्वकप छनोट : नेपालले युएईलाई दियो २४८ रनको लक्ष्य

u-19 cricket

काठमाडौं, ३० चैत । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपालले युनाईटेड अरब इमिरेट्स (युएई) लाई जितका लागि २४८ रनको लक्ष्य दिएको छ ।

क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २४७ रन बनायो ।

नेपालको उच्च स्कोरमा भिम सार्की र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका हरिले ७४ बलमा ६७ रन बनाए । यस्तै भिमले ५४ बलमा ५३ रनको योगदान दिए । हरि र भिमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।

यस्तै नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोड्दा आरिफ शेखले २७ रन बनाए । कप्तान रोहित कुमार पौडेल १८ रनमा आउट हुँदा पवन सर्राफले १२ रन जोडे ।

हिजो भएको खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);