विश्वकप लिग–२ः पपुवा न्युगिनीमाथि नेपालको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विश्वकप लिग–२ः पपुवा न्युगिनीमाथि नेपालको जित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीमाथि जित निकालेको छ ।

यूएईमा आजबाट सुरु भएको सिरिजमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गर्दै जित निकाल्न सफल भएको हो ।

पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेटको नोक्शानीमा भेटाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर आसिफ शेखले ४४ रनको योगदान दिए । आरिफ शेखले ३८ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले २० रन बनाए ।

पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुवा र सेसे बाउले समान १÷१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको हो ।

पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा आउट भए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);