प्रथम हिमालयन फुटसल भोलीबाट | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

प्रथम हिमालयन फुटसल भोलीबाट

काठमाडौं । पहिलो संस्करणको हिमालयन सेभेन ए–साइड फुटसल प्रतियोगिता भोलीबाट सुरु हुने भएको छ ।

हिमालायन फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता दुई दिनसम्म चल्नेछ ।

नकआउट चरणमा खेलाइने प्रतियोगिता ३२ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ११ हजार पुरस्कार पाउनेछ भने दोस्रो हुनेले ५५ हजार ५ सय २५ प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले ५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सबै खेलहरु भाटभटेनीको हेल्थ क्लबमा हुनेछन् । प्रतियोगिताका लागि आफूहरु धेरै उत्साहित भएको आयोजक हिमालयन फुटसलका अध्यक्ष विनोद कार्कीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);