आजदेखि राष्ट्रिय फुटसल लिग सुरु, १६ टोली प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

आजदेखि राष्ट्रिय फुटसल लिग सुरु, १६ टोली प्रतिस्पर्धा गर्दै

काठमाडौं, १५ भदौ । आजबाट राष्ट्रिय फुटसल लिग सुरु हुने भएको छ। आज काठमाडौंको चपलीहाइटमा रहेको क्रिएसनल फुटसल सेन्टर र बौद्धमा रहेको स्तुपा स्पोर्टस हव फुटसल सेन्टरमा खेल हुनेछन्।

 

फुटसल लिगमा १६ टोली प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख पचास हजार रुपैयाँ पाउनेछ। प्रतियोगिताका लागि झण्डै ३० लाख खर्च लाग्ने एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी दिएका छन्।

 

फुटसल लिग प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनौट गरिने छ। एएफसी फुटसल छनौट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म हुनेछ।