विजय गुरुङकाे कप्तानीमा राष्ट्रिय फुटसल टिमकाे विदाई | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

विजय गुरुङकाे कप्तानीमा राष्ट्रिय फुटसल टिमकाे विदाई

national futsal team

काठमाडौं, १ कात्तिक । पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङले राष्ट्रिय फुटसल टिमको कप्तानी गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि विजयलाई कप्तानको जिम्मेवारी दिएको हो ।

विजयले कात्तिक ६ गतेबाट इरानमा सुरु हुने फुटसल छनोटमा नेपाली टोलीको नेतृत्व गर्ने छन् । शुक्रबार एन्फाले विजयलाई कपतान चयन गरेर राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै इरान जाने फुटसल टिमको विदाई गरेको छ । लामो समय राष्ट्रिय फुटबलमा बिताएका विजयले पहिलो पटक फुटसल टिमको नेतृत्व गर्ने लागेका हुन् ।

national futsal team1

छनोट प्रतिस्पर्धामा सेन्टर तथा साउथ जोनमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान छन् । नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते र कात्तिक ८ गते अफगानिस्तानसंग खेल्ने छ ।

छनोटबाट शीर्ष टिम फाइनल चरणमा पुग्नेछन् । फाइनल चरणको खेल भने सन् २ हजारको फेब्रेवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);