फुटसलको उपाधि क्यासललाई | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

फुटसलको उपाधि क्यासललाई

पोखरा । ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उपाधि घरेलु टोली स्पोर्ट्स क्यासलले जितेको छ । शुक्रबार पोखरा रंगशालास्थित कभर्ड हलमा भएको प्रतिस्पर्धामा क्यासलले शंखमूल फुटसललाई ४-२ गोल अन्तरले पराजित गरी उपाधिमा कब्जा जमाएको हो ।

प्रतिस्पर्धात्मक खेलमा किशोर गुरुङको ह्याट्रिकमा क्यासलले जीत सुनिश्चित गरेको हो । अर्को एक गोल विजय गुरुङले थपे । शंखमूलका लक्ष्मण थापा र मणि लामाले १-१ गोल गरे ।

उपाधि जितेसँगै क्यासलका टिम कोच विष्णु गुरुङले टिमको मिहिनेतबाट विजेता भएको बताए । ‘टिम र आफूलाई विश्वास गरेको थिएँ । मैले जे सिकेँ, त्यो लगाएँ । त्यसले कम्प्लिट रिजल्ट दिएको छ’, उनले भने, ‘म खुसी छु । यसले धेरै कुरा सिकाएको छ ।’

उपाधिसँगै क्यासलले नगद १० लाख रुपैयाँ जितेको छ भने उपविजेता शंखमूलले पाँच लाख रुपैयाँ पाएको छ । प्रतियोगितामा सातै प्रदेशका १० वटा टिम सहभागी थिए । यही प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गर्ने तयारी छ ।

राष्ट्रिय टिम केही समयपछि घोषणा गर्ने एन्फाका फुटसल विभाग प्रमुख विनोद गुरुङले जानकारी दिए । नेपालमै पहिलो पटक ए डिभिजन लिग फुटसल पोखराबाट सुरु भएको हो ।

प्रतियोगिताअन्तर्गत उत्कृष्ट आलामा शंखमूलका मणि लामा घोषित भएका छन् भने फिक्सोमा फुटसल ५ धरानका विजय श्रेष्ठ, उदयीमान खेलाडीमा क्यासलका सुमित श्रेष्ठ तथा उत्कृष्ट प्रशिक्षकसमेत क्यासलकै विष्णु गुरुङ घोषित भएका छन् । उनीहरू सबैलाई जनही २५ हजार रुपैयाँ नगदले पुरस्कृत गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);