सेभियालाई युरोपा लिग फुटबलको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सेभियालाई युरोपा लिग फुटबलको उपाधि

एजेन्सी, ६ भदौ । स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । जर्मनीमा गएराती भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि जितेको हो । सेभियालाई जित दिलाउन लुक डी योङले दुई गोल गरे ।

यस्तै डिएगो कार्लोसले थप एक गोल गरे । इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एक एक गोल फर्काए । कोलान स्टेडियममा सुरुवाती एक गोलको अग्रता उल्टाएर सेभिया च्याम्पियन बनेको हो । यससँगै सेभियाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो ।

पछिल्लो पटक सेभियाले २०१६ मा युरोपा लिग जितेको थियो । इन्टर भने चौथो पटक युरोपा लिग जित्न असफल भएको छ । इन्टरले पछिल्लो पटक १९९८ मा युरोपा लिग जितेको थियो । पछिल्लो ९ वर्ष यता इन्टरले कुनैपनि उपाधि जित्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);