सेभिया युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सेभिया युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश

एजेन्सी, १ भाद्र । सेभिया युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

आईतबार राति भएको खेलमा म्यान्चेष्टर युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै सेभिया फाईनलमा प्रवेश गरेको हो ।

ब्रुनो फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए तर विङ्गर फर्नान्डेज सुसोले २६ औै मिनेटमा गोल गर्दै सेभियालाई बराबरीमा ल्याए ।

त्यस्तै ७८ औं मिनेटमा डी जोङले सेभियाका लागि विजयी गोल गरे । पराजित भएसँगै म्यान्चेष्टर युनाईटेडको यस सिजनमा उपाधि जित्ने सम्भावना सकिएको छ । उसले यस सिजनमात्र तीन प्रतियोगितामा सेमिफाईनलमा पराजित भएको छ ।

सेभियाले उपाधिका लागि अब सख्तर डोनेस्क र ईन्टर मिलानबीचको विजेतासंग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);