फ्रेन्च सुपर कप फुटबलको उपाधि लिलेले उचाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फ्रेन्च सुपर कप फुटबलको उपाधि लिलेले उचाल्यो

एजेन्सी । फ्रेन्च सुपर कप फुटबलको उपाधि लिलेले उचालेको छ ।

आइतबार राति ब्लुमफिल्ड स्टेडियमा भएको फाइनलमा पेरिस सेन्ट जर्मेन पीएसजीलाई १–० गोल अन्तरले पराजित गर्दै लिले उपाधि उचालेको हो ।

लिलेलाई जित दिलाउन सेकाले निर्णायक गोल गरे । उनले खेलको ४५ औं मिनेटमा सेकाले गोल गरेका थिए ।

लिलेले पहिलो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको हो । पीएसजी भने सुपर कपको सर्वाधिक सफल टिम हो । पीएसजीले १० पटक सुपर कप जितेको छ ।

लिग वान च्याम्पियन र कोप डे फ्रान्सबीचको विजेताले सुपर कपको उपाधिका लागि खेल्ने गर्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);