बंगलादेश भ्रमणमा अष्ट्रेलिया क्रिकेटको कप्तानी विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेडले गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बंगलादेश भ्रमणमा अष्ट्रेलिया क्रिकेटको कप्तानी विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेडले गर्ने

एजेन्सी । बंगलादेशविरुद्ध हुन टि–ट्वान्टी क्रिकेटमा अष्ट्रेलिया क्रिकेटको कप्तानी विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेडले गर्ने भएका छन् ।

बंगलादेशमा भ्रमणमा रहँदा ३३ वर्षीय वेडले टिमको कप्तानी गर्ने अष्ट्रेलिया क्रिकेटले जनाएको हो । नियमित कप्तान आरोन फिन्चले चोटका कारण भ्रमण गुमाउने भएपछि वेडले कप्तानी पाएका हुन् । फिन्च वेस्ट इन्डिज भ्रमणका बेला घुँडामा चोटका कारण खेल्न नसक्ने भएका थिए ।

ढाकामा मंगलबारबाट सुरु हुने भ्रमणमा अष्ट्रेलियाले बंगलादेशसँग पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज खेल्नेछ । सन् २०१७ पछि अष्ट्रेलियाले पहिलो पटक बंगलादेश भ्रमण गर्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);