बंगलादेशविरुद्ध पाहुना टोली अष्ट्रेलियाको लज्जास्पद हार, ६२ रनमै अलआउट | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

बंगलादेशविरुद्ध पाहुना टोली अष्ट्रेलियाको लज्जास्पद हार, ६२ रनमै अलआउट

एजेन्सी । शेर बंगला नेसनल स्टेडियममा भएको टी–ट्वान्टी पाँचौ सिरिजमा बंगलादेशविरुद्ध पाहुना टोली अष्ट्रेलियाको लज्जास्पद हार, ६२ रनमै अलआउट

बंगलादेशविरुद्ध पाहुना टोली अस्ट्रेलियाले लज्जास्पद हार व्यहोरेको छ । पाँच खेलको टी–ट्वान्टी सिरिज घरेलु टिम बंगलादेशले ४–१ ले जितेको छ ।

गएराति भएको अन्तिम टी–ट्वान्टीमा बंगलादेशले अष्ट्रेलियालाई ६० रनले पराजित गरेको हो । शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ६२ रन जोड्दा अलआउट भयो ।

बंगलादेशी बलर चम्किएपछि अष्ट्रेलिया १३ ओभर ४ बलमा अलआउट भएको हो । सिमित ओभरको क्रिकेटमा अष्ट्रेलियाको यो सर्वाधिक कम स्कोर हो । अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले २२ रन जोडे भने बेन म्याकडेरमोटले १७ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न शकिब अल हसनले ४ विकेट लिए । मोहमद सैफुदीनले ३ तथा नासुन अहमेदले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

बंगलादेशका लागि मोहमद नाइमले २३ रन जोड्दा कप्तान महमुद उल्लाहले १९ रन बनाए । सौम्य सरकारले १६ रन बनाए भने महेदी हसनले १३ रन जोडे । यस्तै शकिब अल हसनले ११ रन बनाए । अष्ट्रेलियाका डान क्रिस्टियन र नाथन एलिसले २–२ विकेट लिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);