सर्जियो बुस्केट बार्सिलोनाको कप्तान नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सर्जियो बुस्केट बार्सिलोनाको कप्तान नियुक्त

काठमाडौं । सर्जियो बुस्केट बार्सिलोनाको कप्तानमा नियुक्त भएका छन् । लियोनल मेसी क्लबबाट बाहिरिएपछि बुस्केटलाई कप्तान नियुक्त गरिएको हो ।

बासिलोनो २०२१–२०२२ का सिजनका लागि बुस्केटलाई नियुक्त गरेको हो । मेस्सीको कप्तानीमा ३३ वर्षीय बुस्केट उपकप्तान थिए। बार्सिलोनाको क्याप्टेनमा ग्रुपमा बुस्केटसहित जोरार्ड पिके, सर्जि रोवर्टो र जोर्दी अल्बा पनि रहेका छन् ।

मेसीले २१ वर्षपछि बार्सिलोना छोडेका हुन् । बार्सिलोनासँगको सम्झौता नवीकरण नभएपछि उनले क्लब छोडेका हुन् । सन् २०१८÷१९ को सिजनदेखि मेसीले बार्सिलोनाको कप्तानी सम्हाल्दै आएका थिए । उनको कप्तानीमा बार्साले एक ला लिगा र एक कोपा डेल रे जितेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);