मेस्सीको दुई गोल बार्सिलोनाको फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेस्सीको दुई गोल बार्सिलोनाको फराकिलो जित

एजेन्सी, २ फागुन । स्पेनिस ला लिगामा बार्सिलोनाले फराकिलो जित निकालेको छ । घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो अलाभेसलाई ५–१ को फराकिलो अन्तरले हराएको हो ।

यो जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । मेसीले खेलको पहिलो हाफको अतिरिक्त समय र ७५औं मिनेटमा गोल गरेका हुन् ।

यस्तै ट्रिनकाओले २९औं र ७४औं तथा जुनियर फिर्पोले ८०औं मिनेटमा गोल गरे । अलोभेसका लुइसले एक गोल फर्काए ।

जितपछि २२ खेलबाट ४६ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको एट्लेटिको ५४ अंकका साथ शीर्ष स्थानमा कायम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);