फुटबलर जेरार्ड पिकेसँगको सम्बन्ध टुंग्याउँदै शाकिरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फुटबलर जेरार्ड पिकेसँगको सम्बन्ध टुंग्याउँदै शाकिरा

लसएञ्जल्स । कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले आफ्ना पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन् । पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि उनले आफूलाई धोका दिएको भन्दै अलग्गिने निर्णय लिएकी हुन् । शाकिरा र पिके दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपपछि नजिकिएका थिए । त्यो समयको चर्चित फुटबल गीत ‘वाका–वाका’मा उनीहरूसँगै देखिएका थिए ।

पिके हाल बार्सिलोनाको केल मुन्टानेरमा एक्लै बस्दै आएका छन् । पिकेका छिमेकीहरूले कैयौं पटक उनीहरूलाई एकाघरमा आउजाउ गरिरहेको देखेका छन् । छिमेकीहरूका अनुसार पिके उनी बार्सिलोनाको रात्री जीवनमा रमाइरहेका छन् । पिके र शाकिराबीच उनीहरूबीच १० वर्षको उमेर अन्तर छ । उनीहरुको दुई सन्तान छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);