च्याम्पियन्स लिग : लिभरपुलद्वारा सिटी र बार्सिलोनाद्वारा रोमा पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

च्याम्पियन्स लिग : लिभरपुलद्वारा सिटी र बार्सिलोनाद्वारा रोमा पराजित

salah-liverpool-mancity

एजेन्सी , २२ चैत । इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लिभरपुलसँग ३–० को पराजय व्यहोरेको हो । च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा पराजय व्यहोरेसँगै म्यानचेस्टर सिटीलाई सेमिफाइनल प्रवेशका लागि चुनौति खडा भएको छ ।

सेमिफाइनल प्रवेशका लागि म्यानचेस्टर सिटीले दोस्रो लेगमा फराकिलो जित दर्ता गर्नुपर्ने छ । म्यानचेस्टर सिटीलाई स्तब्ध तुल्याउने क्रममा मोहम्मद सलाह, अक्सलेड चेम्बरलीन र सादियो मानेले १-१ गोल गरे ।

गएराति भएको च्याम्पियन्स लिगको अर्को क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनाले एएस रोमालाई ४–१ ले पराजित गरेको छ । आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले रोमालाई ४–१ ले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जेरार्ड पिके र लुईस स्वारेजले १-१ गोल गरे । पिके र स्वारेजले गोल गर्नुपहिले रोमाका ड्यानिएल डे रोसी र कोस्टान्टीनोस मानोलासले बार्सिलोनाका लागि दुई वटा आत्मघाती गोल गरेका थिए । रोमाका लागि एडिन जेकोले सान्त्वना गोल फर्काए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);