विराटनगरद्वारा चौराह १८ रनले पराजित, प्लेअफमा पुग्ने सम्भावना बलियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विराटनगरद्वारा चौराह १८ रनले पराजित, प्लेअफमा पुग्ने सम्भावना बलियो

biratnagar

धनगढी, २२ चैत । विराटनगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किङ्सले टिम चौराहले धनगढीलाई १८ रनले पराजित गरेको छ ।

विराटनगरले दिएको १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको धनगढी १ सय ९ रनमा समेटियो । धनगढीका लागि शंकर रानाले २५, अस्फाक अहमेदले २२, राजु रिजालले १८, सुनिल धमलाले १२ र रोहन मुस्तफाले ११ रन जोडे । अन्य खेलाडीको खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

विराटनगरका लागि पवन सर्राफले ४, पारस खड्का र बसन्त रेग्मीले २–२ तथा सुब्हम कामतले १ विकेट लिए । अन्तिम ओभरमा धनगढीको ३ विकेट लिएका पवन नै खेलको म्यान अफ दि म्याच घोषित भए ।

यसअघि कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर किङ्सलले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । विराटनगरका लागि पवनले सर्वाधिक ४१ रन बनाए ।

त्यस्तै अनिल कुमार शाहले २४, सुब्हम कामतले १८ र बाबर हयातले १५ रन बनाए । धनगढीका लागि सुनिल धमलाले ४, रोहन मुस्तफा र सोमपाल कामीले २–२ तथा ललित भण्डारी र सम्शेद शेखले एक–एक विकेट लिए । विराटनगर किङ्सको कप्तानमा पारस खड्का र टिम चौराह धनगढीको कप्तान सोमपाल कामी हुन् ।

पहिलो खेलमा पराजित विराटनगरले दोस्रो खेलमा भने जित निकालेको थियो । यसअघिका तीनमध्ये धनगढीले दुई खेलमा जित निकालेको थियो । दोस्रो खेलमा अहिले रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा भइरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);