बुटवललाई हराउँदै विराटनगर पिपिएलको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बुटवललाई हराउँदै विराटनगर पिपिएलको फाइनलमा

विराटनगरद्वारा बुटवल ब्लास्टर्स २१ रनले पराजित

पोखरा, १० पुस । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)को फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको प्लेअफमा बुटवल ब्लास्टर्सलाई २१ रनले हराएर विराटनगर फाइनलमा पुगेको हो । १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवललाई १ सय ४४ रनमै समेटेर विराटनगरले उपाधीका लागि चितवन राइनोजसंगको भिडन्त पक्का गरेको हो ।

यो खेलमा पहिले व्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनायो । विराटनगरका लागि सुनिल धमलाले ६१, प्रदिप ऐरीले ३३ र जायद आलमले १९ रन बनाए ।

जवाफमा बुटवलले २० ओभरमा १ सय ४४ रन बनाउदा सबै विकेट गुमायो । बुटवलका भिम सार्किले ४४ र अफ्ताबुद्दिन अहमदले ४३ रन बनाए । विराटनगरका साहव आलमले ३ विकेट लिए । विराटनगरले उपाधिका लागि चितवन राइनोजसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);