१६ वर्षीय शेर्पाले आफ्ना बाबुसँगै गरे सगरमाथाको सफल आरोहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

१६ वर्षीय शेर्पाले आफ्ना बाबुसँगै गरे सगरमाथाको सफल आरोहण

ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ८ : ५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए ।

दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका थिए । सोनाम आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए भने पिके गत वैशाख २४ गते अनुमति पत्र लिएर गएका थिए । मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको पौडेलले बताए । यता पर्यटन विभागले समेत उनीहरुले आरोहण गरेको सूचना आएको जनाएको छ ।

पिके शेर्पा र उनका छोरा दुवैले आरोहण गरेको भन्ने बेस क्याम्प र त्यस माथिबाट हामीलाई सूचना आएको छ”, पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले भनिन् । उनका अनुसार एक्सपिडिशन रिपोर्ट आएपछि विभागले छानबिन गर्ने र आरोहण पुष्टि भए आधिकारिकता प्रदान गरिने छ । यस्तै सोनाम सबैभन्दा कान्छो आरोही हुन सक्ने आचार्यको भनाई छ । अहिले नै यसै, हो भनेर भन्न नसकिने उनले स्पष्ट पारिन् ।

१६ वर्ष मुनिकाले आरोहण गर्न पाउँदैनन्, उनी १६ वर्ष पूरा भएर आएका थिए, पूर्णरुपमा डकुमेन्ट हेरेर छानबिनपछि मात्र भन्न सकिन्छ”, आचार्यले भनिन् । विसं २०६१ फागनु १५ गते जन्मिएका शेर्पाले गत चैत २६ गते मात्रै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

शेर्पा बाबु छोराले पछिल्लो केही वर्ष यतादेखि विश्वमा जलवायु परिवर्तनले पारेको असर न्यूनिकरणका लागि अभियान चलाउँदै आएका छन् । अभियान अन्तर्गत उनीहरूले विश्वका सातै महादेशका अग्ला हिमाल चढ्ने लक्ष्य राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);