६ घण्टा १ मिनेटमा सगरमाथा आरोहण गरेर मिङ्माले बनाए नयाँ कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

६ घण्टा १ मिनेटमा सगरमाथा आरोहण गरेर मिङ्माले बनाए नयाँ कीर्तिमान

mingma sherpa

काठमाडौं, २१ जेठ । हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्नु भएको छ । संखुवासभाका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नु भएको हो ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पायोनियर एडभेन्चरले शेर्पाले सगरमाथा र चौथो ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको औंपचारिक जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा नयाँ कीर्तिमानधारी शेर्पाले नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान राखेपछि आफूलाई पनि छोटो समयमै सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्ने इच्छा जागेको प्रतिक्रिया दिनु भयो ।

सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाउनु भएका शेर्पाले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढन सरकारलाई सुझाव दिनु भयो ।

यस अघि निर्मल पूर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेर कम समयको कीर्तिमान कायम गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);