अस्ट्रेलिया विरुद्धको ५ मध्ये दोस्रो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अस्ट्रेलिया विरुद्धको ५ मध्ये दोस्रो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्ड विजयी

एजेन्सी, १३ फागुन । अस्ट्रेलिया विरुद्धको ५ मध्ये दोस्रो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको छ । न्युजिल्याण्डको डुनेडीनमा बुधबार भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ४ रनले पराजित गरेको हो ।

न्युजिल्याण्डले दिएको २ सय २० रनको लक्ष्य पच्छ्याएको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर २ सय १५ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका मार्कस स्टोनिसले ७८ जोस फिलिपले ४५ डानिल सामले ४१ र म्याथ्यु वेडले २४ रन बनाए ।

न्युजिल्याण्डका मिचेल स्टानरले ४ तथा जेम्स निशमले २ विकेट लिए । यो खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो। न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले ९७,कप्तान केन विलियम्सनले ५३ र जेम्स निशमले अविजित ४५ रन बनाए ।

अष्ट्रेलियाका केन रिचार्डसनले ३ विकेट लिए । जितसँगै पाँच खेलको सिरिजमा न्युजिल्याण्डले २–० को अग्रता बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);