बार्यन म्युनिखले जर्मन सुपर कपको उपाधि उचाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

साउन २२ , काठमाण्डौँ । बार्यन म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । बार्यन म्युनिखले गएराति भएको खेलमा चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमुण्डलाई टाइब्रेकरमा ५–४ ले हराउँदै उपाधि उचालेको हो ।
निर्धारित समयमा दुईपटक पछि परेर पनि बार्यन म्युनिख बराबरी गर्न सफल भयो । डर्टमुण्डले क्रिष्टियन पुलिसिकको गोलबाट अग्रता लिएको थियो । बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काएकामा डर्टमुण्डले पिएर एमरिकले गोलमा २–१ को अग्रता लियो । तर ८८ औं मिनेटमा म्युनिखले बराबरी गोल फर्काएको थियो ।
टाइब्रेकरमा मार्क बार्ट«ा गोल गर्नबाट चुक्दा डर्टमुण्ड उपाधि जित्नबाट चुक्यो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);