उसैन बोल्ट आफ्नो खेल जीवनको अन्तिम प्रतिस्पर्धामा पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साउन २२ , काठमाण्डौँ । आठ पटकका ओलम्पिक च्याम्पियन तथा १०० मिटर दौडका बादशाह उसैन बोल्ट आफ्नो खेल जीवनको अन्तिम प्रतिस्पर्धामा पराजित भएका छन् ।

बेलायतको लण्डनमा भइरहेको विश्व एथ्लेटिक्स च्याम्पियनसिपअन्तर्गत गएराति भएको १०० मिटर दौडमा कीर्तिमानधारी जमैकाका बोल्ट अमेरिकाका जस्टिन गाट्लिनसँग पराजित भएका हुन् । निर्धारित दूरी ९ दशमलव ९२ सेकेण्डमा पूरा गर्दै ३५ वर्षका गाट्लिनले स्वर्ण पदक जितेका हुन् । बोल्टले रजत पदक पनि जित्न सकेनन् ।

उनी ९ दशमलव ९५ सेकेण्डमा दूरी पूरा गर्दै काश्य पदकमा चित्त बुझाउन बाध्य भए । ९ दशमलव ९४ सेकेण्डमा दूरी पूरा गरेका अमेरिकाका क्रिश्चियन कोलम्यानले रजत पदक जिते ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);