रोनाल्डोद्वारा इंग्ल्याण्ड फिर्ता हुने चाहना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

साउन २२ , काठमाण्डौँ । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करको विषयमा अनावश्यक झमेला झेल्नुपरेको भन्दै इंग्ल्याण्ड फिर्ता हुन चाहेको बताएका छन् ।
रोनाल्डोले आफ्नो बढ्दो प्रसिद्धिलाई प्रभावित पार्नका लागि आफूलाई करको झमेलामा अल्झाइएको दाबी गरेका छन् । रियल मड्रिड क्लबबाट खेल्दै आएका पोर्चुगलका खेलाडी रोनाल्डोमाथि कर छली गरेको आरोपमा सोमबार अदालतले सुनुवाईका लागि बोलाएको छ । उनीमाथि एक करोड ७३ लाख अमेरिकी डलर बराबरको कर छली गरेको आरोप लागेको छ । चारपटक बलोन डि ओर जितेका रोनाल्डोले कर छलीको आरोप प्रमाणित भएमा दुई करोड असी लाख युरो जरिवाना र तीन वर्षको जेल सजाय भोग्नुपर्ने छ ।
स्पेनमा यसअघि बार्सिलोनाका स्टार लियोनल मेसीमाथि पनि कर छलीको आरोप लागेको थियो । स्पेनका अन्य खेलाडीलाई पनि कर छलीको आरोप लाग्ने गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);