स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार

एजेन्सी । क्लबका अध्यक्षसँगको सम्बन्ध चिसिएपछि स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार भएका छन ।

बेलायती पत्रिका डेली रेकर्डले रोनाल्डोले रियल मड्रिड छोड्न तयार भएको कुरा व्यवस्थापनलाई जानकारी गराइसकेको दाबी गरेको छ । रोनाल्डोले अरु क्लबमा जानका लागि आफ्नो मूल्य ८९ मिलियन डलर तोक्न आग्रह गरेको समाचारमा उल्लेख छ । रोनाल्डोले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन मध्ये एकमा जान इच्छा देखाएका छन् ।

खासगरी पारिश्रमिक बढाउन राखेको माग व्यवस्थापनले सुनुवाई नगरेपछि रोनाल्डो क्लब छोड्नका लागि तयार भएको बताइएको छ । अहिले रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र पिएसजीका नेइमारभन्दा कम पारिश्रमिक पाउने गरेका छन् । साथै रियल मड्रिड नेइमारलाई भित्र्याउन लालयित भएका कारण पनि रोनाल्डो निराश भएको बताइएको छ । पछिल्लो समय रोनाल्डो र रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबीचको सम्बन्ध चिसिएको डेली रेकर्डले दाबी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);