‘टिममेट’लाई बाइबाइ भन्दै मैदानबाट बाहिरिए रोनाल्डो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘टिममेट’लाई बाइबाइ भन्दै मैदानबाट बाहिरिए रोनाल्डो

एजेन्सी । इटालियन सिरी ए क्लब युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो साताको पहिलो प्रशिक्षणमा अनुपस्थित भएका छन् । पोर्चुगिज स्टार स्ट्राइकर क्लबको बिहानी अभ्यासमा करिब ४० मिनेट बाहिर बसेर आफ्ना सहकर्मी साथीहरुसँग ‘गुड बाइ’ भन्दै बाहिरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

३६ वर्षीय स्टार खेलाडी रोनाल्डोको युभेन्ट्ससँग अझै एक वर्षको सम्झौता बाँकी रहेको छ । तर, पछिल्लो लिगमा सिरी ए सहित च्याम्पियन्स लिगमा उपाधिविहीन भएपछि रोनाल्डो एक वर्ष अघि नै सिरी ए क्लब छोड्ने मनसायमा रहेका थिए ।

पछिल्लो २४ घण्टा यता रोनाल्डो म्यानचेष्टर फर्कने दाउमा रहेका छन् । तर, पूर्वक्लब म्यानचेष्टर युनाइटेड नभई यसपटक रोनाल्डोले म्यानचेष्टर सिटी रोजेका हुन् ।

टोलीका साथीहरुको बिहानी सत्रको करिब ४० मिनेट अभ्यास हेरेपछि रोनाल्डो गाडी चढेर बाहिरिएका हुन् ।

सिरी ए को पहिलो खेलमा उडिनेसविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डोले यस सिजन फ्रि ट्रान्सफरमा सिटी जाने योजना बनाएका हुन् ।

यता, अन्तिम समयमा इंग्ल्याण्ड राष्ट्रिय टोली तथा टोटनह्यामका कप्तान ह्यारी केन म्यान सिटी नआउने भएसँगै सिटीसमेत रोनाल्डो ल्याउने दाउमा रहेको छ । यसअघि अर्का स्टार लियोनल मेसी भित्र्याउने दाउमा रहेको सिटी अन्तिम समय त्यसमा सफल भएको थिएन ।

यता, प्रशिक्षक पेप ग्वार्डिओलासमेत रोनाल्डो ल्याउन सहमत भएका छन् । रोनाल्डो, युभेन्ट्स र सिटीबीच अब अन्तिम वार्ता भएसँगै सिटीले रोनाल्डोलाई आधिकारीक रुपमा भित्र्याउनेछ ।

यस अघि रोनाल्डोले सन् २००३ बाट २००९ सम्म म्यानचेष्टर युनाइटेडबाट खेलेका थिए । त्यसपछि रोनाल्डो ला लिगा पावर हाउस रियल म्याड्रिड पुगेका थिए । नौ वर्ष रियल बिताएका रोनाल्डो सन् २०१८ मा युभेन्ट्स पुगेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);