राष्ट्रपति ट्रम्पका पूर्व निर्वाचन कमिटीका प्रमुखलाई कर छलीको आरोपमा जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

राष्ट्रपति ट्रम्पका पूर्व निर्वाचन कमिटीका प्रमुखलाई कर छलीको आरोपमा जेल सजाय

एजेन्सी, २४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निर्वाचन परिचालन कमिटीका पूर्वप्रमुख पर्ल म्यानफोर्टलाई कर छली गरेको आरोपमा जेल सजाय हुने भएको छ ।

म्यानफोर्टलाई बैंकिङ ठगी तथा कर छली गरेको आरोपमा ४७ महिनाको जेल सजाय हुने भएको हो । अमेरिकी न्यायिक विभागले २२ महिना लगाएर गरेको अनुसन्धानमा म्यानफोर्टलाई दोषी पाइएको जनाइएको छ ।

उनले लाखौं डलर हिनामिना गरेको आरोप लागेको छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपका विषयमा अनुसन्धान गर्ने क्रममा उनीमाथि पनि अनुसन्धान सुरु गरिएको थिया े।

६९ वर्षीय म्यानफोर्टले भर्जिनियाको अलेक्जेड्रियास्थित अदालतमा बयान दिँदै आफ्नो जीवनको अन्तिम दुई वर्ष निकै कठिन भएको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

ताजा समाचार