अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पद छाड्नुअघि ७३ जनाको सजाय माफ | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पद छाड्नुअघि ७३ जनाको सजाय माफ

एजेन्सी, ७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनै लाग्दा ७३ जनाको सजाय माफ गरिदिनुभएको छ ।

ह्वाइट हाउसबाट जारी विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरु ७० जनाको सजाय कटौती गर्नुभएको उल्लेख छ । सजाय माफ गरिएकामा ट्रम्पका पूर्वसल्लाहकार स्टिभ ब्यानन पनि छन् । ब्याननमाथि मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन भन्दै आम सर्वसाधारणसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो ।

यस्तै, राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी इलिअट ब्रोइडी र गायक लिल वाइनेको पनि सजाय माफ भएको छ । ट्रम्पले पद छोडनु अघि ह्वाइट हाउसबाट बिदाई सम्बोधन समेत गर्नु भएको छ । आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति ट्रम्पले बिदाइ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्नु भएको छ ।अमेरिका सबै राष्ट्रका लागि आशा, प्रकाश तथा गौरवको भूमि रहेको र रहनुपर्ने तर्क गर्दै ट्रम्पले ।

नयाँ प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइ राख्न सफल होस भन्ने कामना गर्नुभएको छ । अमेरिकामा जे गर्न भनेर आएको हो त्यो काम गर्न सफल भएको र काम गर्न अझ धेरै बाँकी रहेको ट्रम्पको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);