चिनियाँ अर्बपति ज्याक मा तीन महिनापछि सार्वजनिक कार्यक्रममा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चिनियाँ अर्बपति ज्याक मा तीन महिनापछि सार्वजनिक कार्यक्रममा

एजेन्सी, ७ माघ । चिनियाँ अर्बपति ज्याक मा करिब तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । माले बुधबार १०० जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चिनियाँ सञ्चारमाध्यमहरुले गत अक्टोबर २४ पछि ज्याक मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएको जनाएका छन् । शिक्षकहरूलाई सम्बोधनका क्रममा माले चिनियाँ व्यवसायीहरूले ग्रामीण उत्थान र साझा समृद्धिको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

उक्त कार्यक्रम ज्याक मा फाउन्डेसनले सन् २०१५ बाट सुरु गरेको वार्षिक कार्यक्रमकै निरन्तरता हो । यसअघि उक्त कार्यक्रम हैनान प्रान्तको सान्यामा हुँदै आएको थियो ।

यस पटक भने कोरोना महामारीका कारण उक्त कार्यक्रम अनलाइन माध्यमबाट आयोजना गरिएको जनाइएको छ । केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण ज्याक मा हराएको आशंका गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);