बाराका १ सय ४५ जना किसान थाहै नपाई करोडौंको ठगी मुद्धामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाराका १ सय ४५ जना किसान थाहै नपाई करोडौंको ठगी मुद्धामा

बारा, ५ चैत । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.९ का १ सय ४५ जना किसान थाहै नपाई करोडौंको ठगी मुद्धामा परेका छन् । काठमाडौंमा घुम्ने रहर बोकेका उनीहरु गर्दै नगरेको ठगीको आरोपमा मुद्धा खेपेर जेलमा बस्न बाध्य छन् ।

यी १ सय ४५ जना किसान ठगी धन्दा चलाउने गिरोहको फन्दामा परेका हुन्। थाहै नपाई फन्दामा परेका उनीहरु अदालतमा मुद्धा खेपिरहेका छन् भने कोही जेल सजाय काटिरहेका छन् । गिरोहले उनीहरुलाई काठमाडौं घुमाउने र पैसा पनि कमाई हुने भन्दै पंकजा टेडर्स प्रालिको नाममा करौंडौ रुपंैया ठगीमा फसाएको पीडितहरु सरोजकुमार मिश्र र कुमार चौधरीको दावी छ ।

गिरोहले प्रलोभनमा पारी नागरिकता दुरुपयोग गरी उनीहरुको नाममा थाहै नदिई कम्पनी खोलेर करौंडौंको लगानीमा कर छली गरेको हो । राजस्व कार्यालय,काठमाडौंबाट कर छलीको चिठ्ठी घरघरमा पुग्न थालेपछि उनीहरुले आफू फसेको थाहा पाए ।

तर ठगी धन्दा चलाउनेहरु निस्फिक्रि हिडिंरहेका छन् । करोडौंको राजस्व हिनामिना गरेको ठहर गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको घटनाले स्थानीयसँगै जनप्रतिनिधि पनि चिन्तित छन् । सोझा स्थानीयलाई प्रलोभन देखाएर ठगी भएको सिमरा उपमहानगरपालिका–९का वडाध्यक्ष प्रभुनाथप्रसाद चौधरीको भनाई छ ।

यो त प्रतिनिधि घटना मात्रै हो । यस्ता धेरै गिरोहले सोझा गरिब किसानलाई कतिपय अवस्थामा राजनैतिक पहुँच र पावर देखाएर समेत ठगी गर्दै आईरहेका छन्। यसतर्फ संबन्धित निकाय गम्भिर हुन आवश्यक छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);