अधिकार प्राप्तीमा राजनीति हुनु हुँदैन : अध्यक्ष श्रीवास्तव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अधिकार प्राप्तीमा राजनीति हुनु हुँदैन : अध्यक्ष श्रीवास्तव

बाँके, ५ चैत। अधिकार प्राप्तीमा राजनीति हुनु हुँदैन’ जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष अजयकुमार श्रीवास्तवले अधिकारका लाग गरिने आन्दोलनमा राजनीति छिर्न नहुने बताएका छन् । उनले दलितहरुले आफ्नो हकअधिकारका लागि गरेका आन्दोल राजनीतिक भन्दा बाहिर बसेर गर्नुपर्ने बताए ।

श्रीवास्तवले सामुदायिक सशक्तिकरण तथा रुपान्तरण कमिट नेपालको १३औं साधारण सभामा बोल्दै आन्दोलनका क्रममा एक जुट हुन आवश्यक रहेको बताएका छन् । कमिटले बिहीबार नेपालगन्जमा आफ्नो साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न गरेको छ ।

सभामा लुम्बिनी प्रदेका र अन्य विभिन्न जिल्लाबाट सहभागिता जनाइएको थियो । कमिटले दलित तथा बादी समुदायको उत्थानका लागि उल्लेखनीय सघर्ष गर्दै आएको छ । कमिटले ‘सामाजिक न्याय, आन्म सम्मान, सशक्तिकरण, रुपान्तरणका लागि सामुदायिक अभियान’ नाराका साथ दलित समुदायका व्यक्तिहरुको उत्थानका लागि विभिन्न काम गर्दै आइरहेको छ ।

सभामा उपस्थित सहभागीहरुले सरकारले दलितहरुका लागि नीति निर्माण गरेको भएता पनि व्यवहारमा लागू नभएको बताए सुर्खेतबाट आएका सहभागी विष्णु बादीले दलित समुदायका बालबालिका अझैपनि शिक्षाको पहुँचदेखि टाडा रहेको बताए । साथै कार्यक्रम संचालक एवम् कमिटका सह–सचिव दाङका जगदिस नेपालीले कुनैपनि सरकारी निकाय वा तहमा दलितहरुको पहुँच कम रहेको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दीपक नेपालीले संविधानमा हरेक व्यक्तिका लागि स्वतन्त्र बाच्ने अधिकारको सुनिश्चितता भएता पनि हामीले व्यवहारमा लागू गर्न नसकेको बताए । उनले भने, ‘हाम्रो संविधानले नेपाललाई संसारको उत्कृष्ठ देशको रुपमा उल्लेख गरेको छ । धारा २६ मा जातिय भोद्भाव र छुवाछुतलाई दण्डनिय उल्लेख गरेको छ । तर हामी अझै पनि व्यवहारमा परिवर्तन हुन सकेका छैनौ ।’

अधिकृत नेपालीले समाजमा एकजुट भएर संघर्ष गरेमात्र संविधानको अधिकार पाइने बताए । कार्यक्रममा अध्यक्षता ग्रहण गरेका कमिटका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीले ‘समुदायमा भएका मुद्धा, समस्यालाई सम्बन्धीत निकाय, पत्रकार, सरकार समक्ष उजागर गर्दै समस्या समाधानका लागि कमिटले काम गर्दै आएको छ ।’ अध्यक्ष नेपालीले जनतासँग प्रत्यक्ष सम्बन्ध स्थानीय निकायको भएको हुँदा स्थानीय निकायसँग मिलेर दलितहरुका पक्षमा काम गर्नुपर्ने औल्याए ।

उनले कमिटले गरेका कामका बारेमा बताउँदै भने, ‘हामीले समुदायिक सचेतना अधिवृद्धि कार्यक्रम संचालन गर्दै आएका छौं । यसैगरी दलित समुदायका बालबालिकालाई छात्रवृत्ति, बादी समुदायको वास्तविक पहिचानका सम्बन्धमा किताव प्रकासन जस्ता काम गर्दै आएका छौं ।

त्यसैगरी सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । कमिटले कार्यकारी निर्देशक केशव नेपालीलाई अभियान र संस्थाका लागि राम्रो काम गरेका भन्दै सम्मान गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);