काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारीक रुपमा महिला सशक्तिकरण हुँदैन : मन्त्री बाँस्कोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारीक रुपमा महिला सशक्तिकरण हुँदैन : मन्त्री बाँस्कोटा

काठमाडौं, २८ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारीक रुपमा महिला सशक्तिकरण नहुने बताउनु भएको छ ।

राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सूचनाको हकका लागि महिला सशक्तिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले काठमाडौंमा गरिने बहसले छाउपडी र बोक्सी प्रथा अन्त्य नहुने भन्दै सम्बन्धित क्षेत्रमा गएर बहस चलाउन आग्रह गर्नुभयो ।

उहाँले सूचनाको हक भन्नेकुरा आफ्नो देश, आफ्नो अधिकार र आफ्नो कर्तव्यको बारेमा पनि थाहा पाउने अधिकार भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले संविधानमा महिला अधिकारहरु सुनिश्चित भएपनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।

उहाँले महिलाका लागि सूचनाको हकका विषयमा सूचना आयोग बेखबर भएको आफुलाई लागेको बताउनुभयो । उहाँले महिला सशक्तिकरणका लागि काठमाडौंमा हुने सेमिनारले देशभर हुने गरेका महिलाको समस्याको समाधान गर्न नसक्ने बताउनुभयो ।

‘‘सूचना हाम्रो अधिकारः सुशासन र विकासको आधार’’ भन्ने नारासहित राष्ट्रिय सूचना आयोगले सूचनाको हकका लागि महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरेको हो । कार्यक्रममा सहभागिहरुले महिलालाई राजनीतिक, सामाजिक र आर्थिक रुपमा सशक्त बनाउन सूचनाको पहुँचको विकास र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);