छुवाछुत उन्मुलनमा राज्य असफल : अनुपराज शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

छुवाछुत उन्मुलनमा राज्य असफल : अनुपराज शर्मा

Anupraj-Sharma

काठमाडौं, ७ असार । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले छुवाछुत उन्मुलनमा राज्य असफल भएको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले शनिबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले छुवाछुत उन्मुलन सम्बन्धीत नीतिगत तर्जुमामा राज्य असफल भएको बताउनुभएको हो ।

उहाँले छुवाछुत सम्बन्धी विद्यमान ऐन प्रभावकारी र बलियो नभएको र देखाउनका लागि मात्रै ल्याईएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “अहिलेको प्रस्तुत छुवाछुत विरुद्धको ऐनबाट कोही त्रसित हुँदैन । त्यो ऐन हुनु नहुनु केही फरक छैन । त्यसैले अहिले सम्मको हाम्रो डिजाईन फेलियर छ । कसरी छुवाछुत उन्मुलन गर्ने ? किन भएन त यत्तिका बर्ष हुँदा ? त्यसकारण कहीँ डिफेक्ट छ । डिजाईनको डिफेक्ट छ । कहीँ कार्यान्वयन गर्ने तरीकाको डिफेक्ट छ ।”

अध्यक्ष शर्माले दलित समुदायलाई पनि आफ्नो हक अधिकारका लागि एग्रेसिप भएर अघि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा सहभागीहरुले चेतनाको विकासले मात्रै छुवाछुतको अन्त्य नहुने भन्दै नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले विशेष गरेर नयाँ पुस्ताहरुलाई दलित र गैह् दलित हुन्छन् भन्ने नै जानकारी नगराई समतामुलक समाजको शिक्षा दिनुपर्ने धारणा राखे । आयोगले छुवाछुत विरुद्धको अधिकारका बारेमा दलित समुदायका राष्ट्रिय कलाकार र खेलाडीहरुसंग अन्तरक्रिया गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);