राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आयो : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आयो : नेपाल

madhav kumar nepal

काठमाडौं, ७ असार । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताउनुभएको छ । थाहा दर्शनका प्रवर्तक रुपचन्द्र बिष्टको २० औं स्मृति दिवसका अवसरमा राजधानी काठमाडाैंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो/सकिएन भनि राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताउनुभएको हो ।

उहाँले गरीबी, अभाव, वेरोजगारी, विकृति, विसंगतीको अन्त्य गर्दै सुखी नेपाली समृद्ध नेपालको चाहाना पुरा गर्नका लागि कार्य प्रगतीको समिक्षा र वहसको आवश्यकता औल्याउनुभयो । आर्थिक समृद्धिको नाराले मात्रै मुलुक र मुलुकबासीको चाहाना र अपेक्षा पुरा हुन नसक्ने भन्दै उहाँले समाजले चाहेको आवश्यकालाई नेतृत्वले बुझ्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “आत्मसमिक्षा गर्नुपर्ने छ । साँच्चै जनताले आशा अपेक्षा गरे बमोजिम, सबैले हामी संग माग गरे बमोजिम हामीले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न सकिरहेका छौ ? यदि सकिरहेका छैनौ भने कसरी सकिन्छ त ? आत्मचिन्तनको खाँचो छ । आत्मनिरीक्षण र आत्मपरीक्षाको खाँचो पनि छ ।”

पुर्व प्रधानमन्त्री नेपालले जनचाहाना पुरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानीव्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);